Monday, August 17, 2009

माड खन्याउँदा आमा छोरा घाइते

झापा भदौ १
झापा गौरीगञ्ज ६ का भुजेल महतोले आप\mनै श्रीमती र नाबालक छोरालाई आइतवार विहान भातको तातो माड खन्याएर घाइते बनाएका छन् । सामान्य घरायसी विवादको विषयलाई लिएर महतोले आफ्नै २० वषर्ीया श्रीमती सजनीदेवी र दर्ुइ वर्षा छोरा किरणलाई भातको तातो माड खन्याएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । विहान १० बजे श्रीमती र छोरालाई भातको माड खन्याएर महतो घरबाट फरार भएका थिए । उनलाई भाग्दै गरेको अवस्थामा तत्कालै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक मानवीर र्राईले बताए । गम्भीर घाइते अवस्थामा महतो आमाछोराको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार भए पनि थप उपचारका लागि दमक लगिएको छ । स्वास्थ्यकर्मीका अनुसार आमाभन्दा नावालक छोराको अवस्था चिन्ताजनक छ ।

1 comment:

  1. Subraj Neupane ji le Ekdam naya naya update dinu paryo hai.... we're all regular viewer's of your sitee..

    Milan Adhikari
    Sydney, Australia

    ReplyDelete