झापा ४ भदौ ।
झापाको दमक, लखनपुर र महारानीझोडामा बुधबार राति डकैती हँुदा साढे चार लाख बढीको धनमाल लुटिएको छ । घरेलु हतियारसहित आएका लुटेराहरुले दमक ४ का तेजेन्द्र भण्डारीको घरबाट ९० हजार नगद, पाँच तोला सुन र एक थान मोवाइल सेट लुटेर लगेका छन् ।
त्यस्तै, लखनपुर-९ का यदु दङ्गालको घरबाट एक हजार नगद, दर्ुइ तोला सुन र एक थान मोवाइल सेट, महारानीझोडाका दिलबहादुर लकान्द्रीको घरबाट तीन तोला १० आना सुन र तीन हजार पाँच सय नगद, इन्द्रमाया लुइँटेलको घरबाट एक तोला सुन र एक हजार नगद लुटेर लगेको प्रहरी चौकी गौरादहले जनाएको छ ।
No comments:
Post a Comment