विर्तामोड, १५ भदौ ।
दर्ुघटनामा ज्यान गुमाएकी झापा शनिश्चरेकी छात्रा पवित्रा कोइरालाका परिवारलाई छ लाख रुपैयाँ क्षतिपर्ूर्ति दिने सहमति भएको छ । सहमतिपछि विद्यार्थीले सङ्र्घष्ाका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
परिवारलाई पाँच लाख रुपैयाँ दिनुपर्ने र मृतकका नाममा एक लाख रुपैयाँको अक्षयकोष खडा गर्नुपर्ने विद्यार्थीको मागमा सहमति जुटेको हो । सोमबार झापाको विर्तामोडमा प्रशासन, यातायात व्यवसायी र विद्यार्थी प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा सहभागी अखिल क्रान्तिकारीका जिल्ला संयोजक महेन्द्र भट्टर्राईले भने, 'परिवारलाई पाँच लाख रुपैयाँ दिने र क्याम्पसमा मृतकको नाममा एक लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमति भएको छ ।' भदौ ७ गते शनिश्चरे उच्च माविमा अध्ययनरत कोइरालालाई बुधबारे-जयपुर खण्डमा ना. ३ ख ९४६९ नम्बरको ट्रकलेे ठक्कर दिएको थियो । विद्यार्थीले घटनाको विरोधमा क्षतिपर्ूर्तिको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेपछि तीन चरणसम्म वार्ता भएको थियो । वार्ता असफल भएपछि सोमबार विद्यार्थीले झापा बन्दको आह्वान गरेका थिए । बन्दका कारण झापामा र्सार्वजनिक सवारीका साधन चलेनन् ।
No comments:
Post a Comment