ताप्लेजुङ, 4 भदौ ।
पाँचथर सदरमुकाम फिदिमदेखि चोकमागु-९ सरसिउँला जोड्ने ग्रामीण सडक निर्माणका क्रममा भीरबाट लडेर स्थानीय धननाथ तुम्वापोको मृत्यु भएको छ ।
मङ्गलबार चोकमागु-९ को चोक्टे भीरमा ब्लाष्टिङ्ग गर्ने तयारी गरिरहेका बखत लड्दा गम्भीर घाइते भएका र्राईलाई उपचार्रार्थ वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पुर्याउँदा मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार तुम्वापो भीरबाट करिब एक सय मिटर तल खसेका थिए ।
No comments:
Post a Comment