Saturday, August 15, 2009

पहिरो खोलेपछि जोखिम कम हुँदै

सुब्रत न्यौपाने
झापा ३१ साउन
दक्षिणी इलामको बाँझो- २ र चुलाचुली गाविसको सीमानामा पर्ने सन्धुवा खोलो पहिरोले थुनेपछि बढ्दै गएको जोखिम कम गर्न सरकारले पहल थालेको छ । प्रभावित क्षेत्रको प्राविधिक अनुगमनपछि शनिवार अपरान्हदेखि सङ्कट व्यवस्थापन कार्य थालिएको हो ।
सङ्कट व्यवस्थापन अन्तरगत पहिरोले खोलो थुनेर बनाएको बाँध फुटाउन शुरु गरिएको छ । भर्ुगर्भविद्सहितको प्राविधिक टोलीले गरेको अध्ययनपछि प्रभावित क्षेत्रमा परिचालित सशस्त्र र जनपद प्रहरीको टोलीले विस्तारै बाँध खोल्ने काम गरिरहेको छ । गृह मन्त्रालयमार्फ आएको उच्चस्तरीय प्राविधिक सो टोलीको निर्देशनपछि स्थानीय प्रशासनले बाँध फुटाउन प्रहरी परिचालन गरेको हो । जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका प्राविधक हिरानन्द झा, कमलदेव सुवेदी र भर्ुगर्भविद् वशिष्ठराज अधिकारीसहितको टोलीले गरेको स्थलगत र हवाई अनुगमनपछि बाँधबाट पानी बाहिर निकाल्न थालिएको छ । प्राविधिक टोलीले बाँध कटान गरेर विस्तारै पानी निकाल्दा खतरा नहुने सल्लाह दिएकाले बाँध फुटाउन थालिएको झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले बताए । 'जमेको पानीलाई विस्तारै रतुवा खोलामा हाल्न शुरु गरिएको छ', प्रज्रि्र दाहालले भने, 'बाँध फुटाएर जोखिम कम गर्नुको विकल्प छैन ।' बाँध आफै फुुटे दक्षिणी इलामको बाँझो र चुलाचुली, झापाको दमकस्थित भुटानी शरणार्थीका तीनवटा शिविर, दमक नगरपालिका, लखनपुर र कोहवरा लगायतका क्षेत्रका हजारौ घर एकसाथ बग्न सक्छन् । शुक्रवार विहानै गएको पहिरोले सो खोलो थुनेपछि ती क्षेत्रका हजारौ घर जोखिममा परेका छन् । बेलडाँगी- १ भुटानी शरणार्थी शिविरमा मात्र २० हजार भन्दा धेरै जनसंख्या छ । जोखिम क्षेत्रका बासिन्दा रातभर निदाउन नसकेको शिविर सचिव टिबी गुरुङले बताए । झापाको दमक नगरपालिकाको १८ र १९ नम्वर वडाका युवाहरुपनि रातभर घर बाहिर नै बसेका थिए । केही खतरा भए सिठी फुकेर गाउँलेलाई जगाउने र सुरक्षित स्थानमा र्सर्ने निर्ण्र्ााभएपछि उनीहरु पर्ूव तयारीका लागि घर बाहिरै बसेका हुन् । दुबै वडाको घुमाउने टोल, भराले, सेतुमारी र जहदाका बासिन्दा पनि सुरक्षित स्थानमा र्सन तयारी अवस्थामा थिए ।
'खतरा हुनासाथ सिठी बजाएर गाउँलेलाई जगाउने निर्ण्र्ााभएको थियो । तर पनि गाउँलेहरु बिखलबन्दमा परेर रातभर जागै बसे', स्थानीय नेत्र भण्डारीले भने, 'बालवच्चा पनि राम्रोसँग सुत्न पाएनन् ।'
शुक्रवार इलाम जिल्लाको बाँझो र चुलाचुली गाविसको सीमानामा पर्ने सुन्दुवा खोला चुरेको पहिरोले थुनिएपछि रतुवा खोलामा मिसिएर बाढी उर्लने सम्भावना थियो । खोलामा पहिरोले जम्मा गरेर माटो र बालुवाले बनाएको बाँध भत्कन सक्ने स्थानीय प्रशासनको शुक्रवार साँझ दमकमा बसेको बैठकले निष्कर्षनिकालेको थियो । चिसापनी रवि सडक उपभोक्ता समितिका अध्यक्ष सुरेश सुब्बाका अनुसार चुरे क्षेत्रको डाँडामा पहिरो जाँदा खोला थुनिएको हो । प्राविधिक टोलीका अनुसार खोला थुनिएको स्थानमा ४० हजार घनमिटर पानी जमेको छ । पहाडको चट्टानसहितको ढिस्कोले खोलो थुनिँदा शनिवार अपरान्हसम्म बाँझो र चुलाचुलीको पाँच किलोमिटर उत्तरसम्म करिव ६० फिट उचाइमा पानी जमेको थियो । बाँध फुटाएर पानी निकाल्न थालिएकाले पानीको सतह घट्दै गएको चुलाचुली गाविसका पर्ूव अध्यक्ष ओमनारायण खनालले बताए । 'वषर्ा रोकिएकाले बाँधमा पानी जम्ने क्रम पनि घटेको छ', उनले भने, ' वषर्ा नभए यो जोखिम चाँडै अन्त्य हुन्छ ।'

No comments:

Post a Comment