रोशन सावा
इलाम १ भदौ
इलाम नगरपालिका-५ सुकिलुम्बामा विमानस्थल निर्माणको लागि जग्गा अध्रि्रहण प्रक्रिया अघि बढेको छ । जिल्लाबासीले सुकिलुम्बामा विमानस्थल निर्माणका लागि २०५४ सालदेखि पहल गर्दै आएका छन् ।र्
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीले र्सर्वेक्षण गरेर विमानस्थल निर्माणका लागि तीन सय २५ रोपनी जग्गा अध्रि्रहण गर्नुपर्ने जनाएपछि जिल्ला विकास समितिले जग्गा अध्रि्रहणको प्रक्रिया अघि बढाएको हो । जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत अग्नि अधिकारीले तत्कालका लागि दर्ुइ सय ८३ रोपनी जग्गा अध्रि्रहण प्रक्रिया सुरु गरेको बताए । उनले १७ घरपरिवारको स्वामित्वमा रहेको दर्ुइ सय ८३ रोपनी जग्गालाई प्रतिरोपनी ४० हजार रुपैयाँ मुआब्जा दिने सम्झौता भएको जानकारी दिए ।
जिल्लाबासीले १२ वर्षेखि सुकिलुम्बामा विमानस्थल निर्माणको माग गर्दै आए पनि नागरिक उड्डयन मन्त्रालयले मुआव्जाको लागत स्थानीयस्तरमै व्यहोर्नुपर्ने र्सत राखेपछि प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, गत आर्थिक वर्षेखि जिल्ला विकास समितिले मुआब्जाको लागि आर्थिक सङ्कलन गर्न थालेपछि विमानस्थल निर्माणको सम्भावना बढेको छ ।
मुआब्जाका लागि मात्र झण्डै डेढ करोड रुपैयाँ आवश्यक रहने जिविसले जनाएको छ । जिल्लाका आठजना सभासद्बाट दर्ुइ लाखका दरले र जिल्लाभित्रका गाविसहरुले एक लाखका दरले र अन्य संस्था र व्यक्तिबाट गरी अहिलेसम्म झण्डै ८० लाख रुपैयाँ सङ्कलन भइसकेको जिविसले जनाएको छ । सदरमुकाममा भर्खरै सम्पन्न सरोकारवालाहरुको भेलाले आर्थिक सङ्कलन प्रक्रियालाई अघि बढाउन हिमालय कर्माचार्यको संयोजकत्वमा ३५ सदस्यीय आर्थिक सङ्कलन समिति पनि गठन गरेको छ ।
नागरिक उड्डयन मन्त्रालयको र्सर्वेक्षण टोलीले सुकिलुम्बामा नौ सय मिटर लम्बाई र एक सय ६० मिटर चौडाइको विमानस्थल बन्ने र एभ्रो तथा ट्वीनेटर विमानले उडान भर्नसक्ने ठहर गरेको छ । सुकिलुम्बाबाट झापाको भद्रपुरभन्दा सात मिनेट छिटो काठमाडौँ पुगिने टोलीको दाबी छ । सुकिलुम्बा बजार क्षेत्रदेखि झण्डै छ किलोमिटर दक्षिणमा पर्दछ । यहाँ विमानस्थल बनेपछि दार्जीलिङ र सिक्किमबाट काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुहरु पनि लाभान्वित हुने बताइएको छ ।
No comments:
Post a Comment