सुब्रत न्यौपाने
झापा ५ भदौ
अविरल वषर्ापछि आएको बाढीले यस वर्षझापामा ५० करोडभन्दा बढीको क्षति भएको छ । बाढीबाट एक हजार आठ सय ८२ घरका आठ हजार १३ जना पर्ूण्ारुपले विस्थापित भएका छन् ।
सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमसहित काङ्ग्रेस र एमाले सभासद्को टोलीले बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गरी प्रारम्भिक क्षतिको आँकडा निकालेको हो । शुक्रबार राज्यमन्त्री गौतमसहित सभासद्हरु केशवकुमार बुढाथोकी, उषा गुरुङ, दीपक कार्की र अग्नि खरेलको टोलीले बाढीबाट विस्थापितको अवस्था, नदी कटान, उद्धार र राहतबारे स्थलगत जानकारी लिएको थियो ।
'करिब २० करोड बराबरको क्षति भएको अनुमान थियो', झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले भने, ' शुक्रबारको स्थलगत निरीक्षणपछि झापामा ५० करोडभन्दा बढीको क्षति भएको पाइयो ।' उनले विस्थापित र क्षतिको विवरण बढ्दो रहेको जानकारी दिए । 'करिब २५ सय घर विस्थापित भएको अनुमान छ', उनले भने, 'अहिलेसम्म एक हजार आठ सयको मात्र विवरण आएको छ ।' विस्थापितको सङ्ख्या र अवस्थाबारे जानकारी सङ्कलन गर्न तीनवटा टोली परिचालन गरिएको छ ।
सहायक प्रजिअ पोखरेलका अनुसार बाढीबाट झापाका नौवटा गाविस पर्ूण्ारुपले प्रभावित भएका छन् । जिल्लामा सबैभन्दा बढी डाँगीबारी गाविस प्रभावित छ । क्रमशः घैलाडुब्बा, शरणामती, कुमरखोद, टाघनडुब्बा, राजगढ, महाभारा, अनारमनी, कोहवरा गाविस प्रभावितको सूचीमा छन् । प्रभावित क्षेत्रका विस्थापितलाई एक हजार पाँच सयदेखि तीन हजारसम्म राहत रकम बाँडिएको छ । हालसम्म डेढ लाख रुपैयाँ वितरण गरिएको छ । 'मृतक परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ राहत दिने व्यवस्था छ', सहायक प्रजिअ पोखरेलले मन्त्री र सभासद्को टोलीलाई झापाको चारआलीमा जिल्लाको वस्तुस्थिति सुनाउँदै भने, 'पीडितका लागि झापाका कर्मचारीका तर्फाट एक दिन बराबरको तलब दिने निर्ण्र्ाागरेका छौँ ।' उनले विस्थापितलाई एक सय ५० ठाउँमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । विस्थापितहरु आफन्त र छिमेकीबाहेक नजिकको विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित सबैलाई खाद्यान्नको व्यवस्था मिलाइएको छ । निरीक्षणपछि मन्त्री र सभासद्को टोलीले पीडितका लागि भइरहेको प्रयासलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 'सबै स्रोत साधन परिचालन गरेर भएपनि विस्थापितलाई राहत दिनर्ुपर्छ', प्रजिअलाई निर्देशन दिँदै मन्त्री गौतमले भने, 'राहत नपाएर कसैको पनि विचल्ली नहोस् ।' उनले पीडितका लागि प्रधानमन्त्री राहत कोषबाट भए पनि राहतको व्यवस्था गरिने जानकारी दिए । उनले खुदुनाबारीको सिस्नेमा पसेको विरिङ खोला नियन्त्रण गर्न तत्काल नेपाली सेना परिचालन गर्न निर्देशन दिए ।
औषधि अभाव
बाढीपछि विस्थापित भएकाहरु धमाधम बिरामी पर्न थालेका छन् । बिरामी भएकाहरुलाई औषधोपचारको व्यवस्था हुन सकेको छैन । दक्षिणी झापाको शरणामतिस्थित सिमलचौर र महाभाराको रङ्गीयाथानमा बसेका विस्थापितहरुमा झाडापखालाको समस्या देखिएको छ । ती दुवै शिविरमा एक सय ५० भन्दा बढी बिरामी परेका छन् । त्यहाँ औषधिको अभाव छ ।
'बिरामीलाई औषधि अभाव भएको जानकारी आएको छ', सहायक प्रजिअ पोखरेलले भने, 'तत्कालै औषधि पठाएर उपचार सुरु गर्र्छौँ ।' उनले हैजा फैलन नदिन दर्ुइवटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । झाडापखालाबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् ।
यसैबीच, सङ्घीय लिम्बूवान राज्य परिषद् अध्यक्ष सञ्जुहाङ पालुङ्वा नेतृत्व टोलीले विर्तामोड क्षेत्रको अवलोकन तथा बाढीपीडितलाई उद्धार गरेको छ । एकीकृत माओवादी झापाले क्षतिपर्ूर्ति र पुनर्स्थापनाको माग गरेको छ ।
पूर्वाञ्चलको प्रकाशन बन्द
अन्दुवा खोलामा आएको बाढीले विर्तामोडस्थित पर्ूवाञ्चल दैनिकमा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । क्षतिपछि दर्ुइ दिनदेखि पत्रिकाको प्रकाशन बन्द छ । पर्ूवाञ्चलको कार्यालयमा बाढी पस्दा अफसेट मेसिन, जेनेरेटर, दर्ुइ थान कम्प्युटर, फोटोकपी मेसिन, एक्सपोजर मेसिन, प्रिन्टर, स्क्यानर डुबेको छ ।
कार्यालयका कागजात, रर्ेकर्ड फाइलसमेत सबै नष्ट भएको प्रकाशक भरतलाल गिरीले बताए । कार्यालयको मेसिनरी इलेक्ट्रोनिक्सलगायत सबै सामान काम नलाग्ने भएका छन् । सबै सामान खरिद गर्नुपर्ने भएकाले पत्रिका प्रकाशन नियमित गर्न अझै केही दिन
लाग्ने व्यवस्थापक चन्द्रकान्त ढकालले जानकारी दिए । यसैबीच, झापाको बाढीको अवस्था निरीक्षण गर्न आएका सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमले पत्रिका बन्द भएकोमा दुःख व्यक्त गर्दै प्रकाशन सुचारु गर्न सूचना तथा सञ्चार मन्त्रालयसँग समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्षतिको पर्ूण्ा विवरण मूल्याङ्कन गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
No comments:
Post a Comment