विर्तामोड, १५ भदौ ।
झापाको पर्ूव-पश्चिम राजमार्गको तोपगाछी खण्डमा सोमबार साँझ सवारी दर्ुघटना हुँदा एकजनाको ज्यान गएको छ । दर्ुघटनामा दर्ुइजना घाइते भएका छन् ।
पर्ूवतर्फगइरहेको मे. २ प ७४१९ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सतासीधाम-५ की सविता चौलागाईको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय दमकका हवल्दार सागर प्रधानका अनुसार दर्ुघटनामा मोटरसाइकलबाट लडेपछि विपरीत दिशाबाट आएको को. १ च ३०४९ नम्बरको मारुतीले लडेको अवस्थामा किच्दा ३० वषर्ीया चौलागाईको मृत्यु भएको हो । त्यस्तै, दर्ुघटनामा मोटरसाइकल चालक हरि भनिने धरमपुर-७ का दर्ुगा पराजुली र दमक-१२ का ध्रुव अधिकारी घाइते भएका छन् ।
यसैबीच, आइतबार राति झापाको दमकमा भएको सडक दर्ुघटनामा दर्ुइजना घाइते भएका छन् । पश्चिमबाट पर्ूवतर्फआउँदै गरेको को. १ ख ७९२ नम्बरको तेलको टयाङ्करले राति ८ बजे दमकस्थित चिया बगानमा मे. १ प ९१६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक मोरङ पथरी-३ का ३० वषर्ीय राजु क्षेत्री र पछाडि बसेका सोही ठाउँका तिलबहादुर दर्जी गम्भीर घाइते भएका हुन् । घाइतेको विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
No comments:
Post a Comment