झापा १ भदौ
साथी कुटिएको विषयलाई लिएर विद्यार्थीले सोमवार आफ्नै विद्यालयमा तोडफोड गरेका छन् । प्रिन्सिपलले साथीलाई कुटेपछि आक्रोशित विद्यार्थीले झापाको दमकस्थित सिर्द्धार्थ उच्च माध्यमिक विद्यालयमा तोडफोड गरेका हुन् ।
प्रिन्सिपल तेजकुमार श्रेष्ठले कक्षा-१२ का विद्यार्थी श्याम चौलागाईलाई कुटेका थिए । सोही विषयलाई लिएर विद्यार्थीको समूहले विद्यालयको बस, सीसी क्यामेरा, फर्निचरका सामान तोडफोड गरेका हुन् । तोडफोडबाट विद्यालयमा आठ लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ । सोमबार बिहानै पुगेका विद्यार्थीले विद्यालयको तीनवटा बसमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट बसका सीसा फुटेका छन् । विद्यार्थीले विद्यालयका डेस्कबेञ्च र पङ्खा समेत तोडफोड गरेको प्रशासनले जनाएको छ ।
प्रिन्सिपल श्रेष्ठले घटनाको विषयमा छानबिन गरी दोषीलाई कारवाही गरिने बताए । 'आफैँ पढ्ने विद्यालयमा तोडफोड गर्नु अनुचित हो', उनले भने, 'घटनाका विषयमा अभिभावकसँग पनि छलफल गर्छ ।' तोडफोड अघि विद्यार्थीले प्रिन्सिपल श्रेष्ठलाई कार्यालयमा थुनेको विद्यालय प्रशासनले जनाएको छ ।
No comments:
Post a Comment