बस्तीमा पसेको विरिङ्ग खोलाको भेलले बगाएर विहीवार विहान झापाको घैलाडुब्बामा दर्ुइ जनाको मृत्यु भएको छ ।
घरभित्र पसेको भेलले बगाएर घैलाडुब्बा ८ की अर्ढाई वषर्ीया सविना मर्ुर्मु र विरीङ खोलाको बाढीले बगाएर घैलाडुब्बा १ का ढलबहादुर पुलामीको मृत्यु भएको हो ।
विरिङ्ग खोलामा बाढी आएपछि पसेको भेलले ती बालिकालाई बगाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी विरिङ्ग खोलाले बगाउँदा पुलामी डुवेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । प्रहरी सहायक निरीक्षक अमर कार्कीका अनुसार विरिङ्गमा बग्दै आएको काठ झिक्ने क्रममा पुलामीलाई बाढीले बगाएको हो । उनका एक जना साथी भने पौडेर बाँचेका छन् ।
गएराति १२ घण्टासम्म परेको अविरल वषर्ापछि अदुवा खोलामा आएको बाढीबाट विर्तामोड जलमग्न भएको छ । बाढीले खोला छेउका पक्की र कच्ची गरी दर्जनौ घर बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । अनारमनी, चारपाने, अर्जुनधारा, शनिश्चरेका सयौ घर बाढीबाट डुबानमा छन् । घरभित्र बाढी पसेपछि खाद्य सामग्री, लत्ताकपडा बग्दा उनीहरुको विचल्ली भएको छ । बाढीले सयौ पशुचौपाया बगाएको प्रहरीले जनाएको छ । स्थानीयबासीका घरमा राखिएका दर्जनौ सवारीका साधन बाढीले बगाएर वेपत्ता बनाएको छ ।
शनिश्चरेबाट अर्जुनधारा जलेश्वर धाम जाने पक्की बाटो स्थानीय बारदशी खोलाले बगाएको छ । बाढीका कारण अदुवा खोलाका दुवै पुल जोखिममा छन् । बाढीग्रस्त क्षेत्रमा उद्धारकर्मी खटिइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ ।
No comments:
Post a Comment