झापा, १५ भदौ ।
झापा काङ्ग्रेसमा विद्यमान भ्रातृ सङ्गठन नेतृत्वबीचको विवाद अन्त्य भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिले यसै सातादेखि विवाद अन्त्य गरेको हो ।
केन्द्रीय सदस्य बलबहादुर केसीले पेस गरेको प्रतिवेदनका आधारमा केन्द्रीय समितिले भातृ सङ्गठनबीच एकता गर्दै साझा नेतृत्व चयन गरेको छ । संस्थापन र प्रजातान्त्रिक पक्षबाट दर्ुइ-दर्ुइजनालाई साझा नेतृत्वमा छानिएको छ । पार्टर्ीीकीकरणका लागि अधिकारसहित केन्द्रीय समितिले केसीलाई झापा पठाएको थियो । उनी पार्टर्ीीकीकरण गरेर फर्किएका थिए । तर, भ्रातृ सङ्गठनमा विवाद कायमै थियो । केन्द्रीय समितिले छानेको साझा नेतृत्वप्रति पर्ूवमन्त्री नरेन्द्रविक्रम नेम्वाङले भने आपत्ति जनाएका छन् । काङ्ग्रेस निकट स्रोतका अनुसार कार्यबाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग उनले असन्तुष्टि पोखेका हुन् । काङ्ग्रेसले नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापतिमा नवीन विमलीलाई जिम्मेवारी दिएको छ । विभाजित अवस्थामा नेविसङ्घमा नारायण गिरी पनि सभापति थिए ।
पार्टर्ीीनर्ण्र्ाानुसार तत्कालीन काङ्ग्रेस प्रजातान्त्रिकका नरेन्द्रकुमार खड्का नेपाल तरुण दल झापाका अध्यक्ष भएका छन् । यसअघि संस्थापन पक्षका भूमिराज र्राई पनि अध्यक्ष थिए । नेपाल महिला सङ्घमा सुशीला ढकाल अध्यक्ष भएकी छन् । उनी संस्थापन पक्षकी हुन् । नेपाल किसान सङ्घमा भने प्रजातान्त्रिक पक्षका पशुपति अधिकारी अध्यक्ष भएका छन् ।
No comments:
Post a Comment