Saturday, March 31, 2012

उपचार अभावमा थलिए खोकु छिन्ताङका योद्धा


                                                                                                         

  झापा १८ चैत  
                                                 तस्वीर विनोद सापकोटा  
खोकु छिन्ताङ घटनाका एक योद्धा उपचार अभावमा थलिएका छन । आर्थिक अभावका कारण समयमा उपचार गर्न नसक्दा झापा सतासीधाम-८ का इन्द्रबहादुर राई लामो समयदेखि ओछयान परेका हुन ।
 उनका दुबै मिर्गाैलामा समस्या देखिएको छ । ५१ वर्षीय राई दैनिक उठबस गर्न पनि नसक्ने अवस्थामा छन । समाएर सुताउने उठाउने गर्नु परिरहेको राईकी श्रीमती शान्ताकुमारीले बताइन । पैसा नभएकाले उपचारका लागि लैजान सकिएको छैन उनले भनिन  धेरै पैसा लाग्ने सुनेकी छु त्यत्रो पैसा कहाँबाट जुटाउनु । राई विरामी परेर थलिएपछि उनमा आश्रित पाँच जनाको परिवार विचल्लीमा परेको छ ।
   मजदूरी गरेर कमाएको पैसाले राई परिवारको गुजारा चल्दै आएको छ । राईका श्रीमती र चार छोरी छन । २०३६ सालको खोकु छिन्ताङ घटनामा पाचायती शासकद्धारा यातना दिइएका उनी सातवर्ष जेल परेका थिए । धनकुटाको आँखीसल्लाबाट २८ कात्तिक २०३६ मा दलवलसहित पक्राउ परेका उनी मृत्युदण्ड पाउनबाट जोगिने मध्येका एक हुन । तत्कालीन शासकले खोकु छिन्ताङ घटनाका १५ जना निहत्था नागरिकको हत्या गरेको थियो ।
 सुरक्षाकर्मीले मृत्युदण्डका लागि तमोर नदीको किनारमा पुरयाए पनि धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारीले बीरबहादुर भुजेलले रोकेको घटना राईको समृतिमा ताजै छ । २०२८ देखि सुरु भएको किसान आन्दोलनमा सकि्रय रहेका राई २०४३ मा सर्वाेच्च अदालतको आदेशमा जेलमुक्त भएपछि झापाको सतासीधाममा बसोबास गर्दै आएका छन । पक्राउ परेको २८ दिनसम्म जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा बिताएका राईको यातनाका कारण शरीरको एकपत्र छाला उक्किएको थियो ।
  २०५३ मा राज्यको बन्दी राहत प्याकेजबाट ५० हजार रुपैयाँ सहयोग लिएका राईले त्यसबाट १० कठठा जग्गा किनेका थिए । दुईपछि २०५५ मा स्थानीय कनकाई नदीमा आएको बाढीले जग्ग्ाा बगाएपछि उनी सुकुम्वासी भएका छन । काम गरेर आएको पैसाले परिवारको गुजारा चलाउनु पर्ने भएपछि उनले न जग्गा जोडन सके न त घर बनाउन नै । अहिले उपचारका लागि सरकारसँग याचना गर्दैछन ।
  जीवनमरणको दोसाँधमा रहेका राईको उपचारका लागि उनी आवद्ध पार्टी एमालेले पनि सकि्रयता देखाएको छैन । एमालेको स्थानीय वडा कमिटीका अध्यक्ष उमानाथ पराजुलीले समयमा सहयोग गर्न नसकिएको स्वीकारे । राईको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अर्का एक स्थानीय भन्छन जीउँदो हँुदा सहयोग नगरेर मरेपछि पार्टीको झण्डा ओढाउनुको कुनै अर्थ हँदैन ।
 

झापा इलाम सिमावर्ती क्षेत्रमा काठ तस्करी तीव्र


 सुब्रत न्यौपाने 
  झापा १६ चैत
   झापा र दक्षिणी इलामका सामुदायिक वनमा काठ तस्करी तीव्र भएको छ । वन पदाधिकारीको मिलेमतोमा ती क्षेत्रका सामुदायिक वनबाट दैनिक रुपमा काठ तस्करी हुने गरेको हो ।
  सिमावर्ती जिल्लाका वन क्षेत्रबाट भइरहेको काठ तस्करी नियन्त्रणका लागि प्रयास गरिए पनि तस्करीमा संलग्नले रातारात काठ निकासी गर्दै आएका छन् । तस्करलाई पक्राउ गर्न र तस्करीको काठ बरामद गर्न वन गस्ती टोलीलाई  भ्याईनभ्याई भएको  वन कार्यालय झापाले जनाएको छ । जिल्ला वन प्रमुख विष्णुप्रसाद भण्डारीले एक महिनायता दैनिक रुपमा ठूलो परिमाणमा काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न डेढ दर्जन व्यक्तिलाई पक्राउ गरिएको बताए । काठ ओसार्न प्रयोग गरिएका आधा दर्जन सवारी पनि नियन्त्रणमा लिइएको छ ।
  तस्करीमा संगठित समूह सकि्रय  उनले भने , प्रहरीको सहयोग लिएर तस्करीको साजाल तोड्ने प्रयासमा छौँ । तस्करले दक्षिणी इलामका सामुदायिक वनबाट अम्लिसो लोड गरिएका गाडीमा पनि काठ ओसार्ने गरेको रेाजर देवेन्द्र उप्रेती बताउँछन् । ग १ च ३२१३ नम्वरको पिकअप गाडीमा अम्लिसोले छोपेर ल्याएको अवस्थामा दुई साताअघि सखुवाको काठ बरामद भएको थियो । एक महिनामा झापाबाट मात्रै एक हजार क्युफिट भन्दा बढी काठ बरामद भएको छ । इलामका दक्षिणी वनमा तस्करीको अवस्था झन् भयावह छ ।
  तस्करीमा संलग्नले इलामको काठ झापाका विभिन्न स्थानमा लुकाएर राख्ने गरेको पाइएको वन प्रमुख भण्डारीले बताए । यसैसाता इलामबाट ल्याएर लुकाएर राखिएको अवस्थामा चारसय क्युफिट सखुवाको काठ झापाको शान्तिनगरबाट बरामद गरिएको थियो । १५ चैतमा मात्रै झापा र इलामको संयुक्त वन गस्ती टोलीले दक्षिणी इलामको कोल्वुङबाट ७९ थान सखुवाका गोलिया र ३० थान चिरान काठ बरामद गरेको रेाजर उप्रेतीले जानकारी दिए । सशस्त्र प्रहरीको सहयोगमा गजुरमुखी इलाका वन कार्यालय इलाम र सुरुङ्गा इलाका वन कार्यालय झापाको टोलीले स्थानीय जनज्योति सामुदायिक वन क्षेत्रबाट सो काठ बरामद गरेको हो ।
 काठसँगै वन समूहका सचिव पदम तामाङ पनि पक्राउ परेका छन् । अवैध ढंगले सालको काठ कटान तथा विक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । सालको काठ कटान तथा निकासीमा सरकारले प्रतिवन्ध लगाएपछि काठ तस्करीमा वन पदाधिकारीको मिलेमतो देखिन थालेको हो । वन समूहका अध्यक्ष खेम तामाङको पनि घटनामा संलग्नता देखिएको छ । काठ तस्करीमा संलग्न दक्षिणी इलामको इरौटारस्थित देवानछाप सामुदायिक वनका ११ पदाधिकारी थुनामा छन् ।
  अदालतले मागेको धरौटी बुझाउन नसकेपछि यसैसाता उनीहरुलाई कारागार चलान गरिएको हो । फागुन १४ गते पक्राउ परेका २२ जनालाई अदालतले जनही १५ लाख २६ हजार दुई सय ८० रुपैयाँ धरौटी मागेको थियो । ११ जना धरौटी बुझाएर छुटेको इलामका वन प्रमुख इमामुद्दीन अन्सारीले बताए । उनीहरुलाई नौ सय ४८ क्युफिट काठसहित जिल्ला वन कार्यालय इलामको टोलीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

Wednesday, January 04, 2012

प्रशासनको आदेशमा तालावन्दी तोडियो


emfkf @) k';
 df]/ªsf] Ps;lxt emfkfsf] b'O{ j6f gbLsf pkef]Qmfn] Ps ;'qLo dfu /fvL dËnaf/ emfkfsf] ;tf;Lwfdl:yt hgtfsf] t6aGw sfof{nodf ul/Psf] clglZrtsfnLg tfnfaGbL k|zf;gn] a'waf/ lbp“;f] tf]l8lbPsf] 5 . lhNnf k|zf;g sfof{no emfkfsf] lgb]{zgdf Onfsf k|x/L sfof{no lemnlemn]sf k|x/L lg/LIfs b'uf{ clwsf/L g]t[Tjsf] 6f]nLn] sfof{nodf nufOPsf] tfnf km'6fOlbPsf] xf] .
emfkfsf] sgsfO{, /t'jf / df]/ªsf] dfjf gbL lgoGq0fsf nflu sfd ub}{ cfPsf] hgtfsf] t6aGw sfof{nodf tLg dlxgfb]lv l;“rfO dGqfnon] sfof{no k|d'v k7fpg g;s]sf] eGb} tLg j6} gbLsf pkef]Qmfn] dËnaf/ sfof{nodf tfnfaGbL u/]sf lyP . tLg j6f gbLdf $% j6f t6aGwsf of]hgf ut ;fpgd} ;e]{ ePsf] lyof] . sfof{nodf k|d'v gx'“bf ;e]{ ePsf ;a} of]hgf sflQs d;fGt;Dddf 6]08/ nfUg ;s]gg\ . 6]08/ gnfu]sf sf/0f ah]6 l+k|mh x'g] cj:yf cfPsf] sgsfO{ gbL lgoGq0f tyf l;“rfO Joj:yfkg ;ldlt emfkfsf cWoIf s0f{axfb'/ yfkfn] hfgsf/L lbP .
  df]/ªsf] l;dfgf hf]l8Psf] dfjf / /t'jf gbLsf] nflu b'O{÷b'O{ s/f]8 / sgsfO{sf nflu rf/ s/f]8 ?k}of“ gbL lgoGq0fsf nflu ljlgof]lht ePsf] lyof] . t/, l;“rfO dGqfnon] tLg÷tLg dlxgfdf sfof{no k|d'vsf] ;?jf u/]sfn] lgoldt sfd x'g g;s]sf] pkef]Qmfsf] u'gf;f] 5 . pkef]Qmfn] o;cl3sf sfof{no k|d'v ;"o{b]j yfkf / d]vgfy zdf{dWo] PsnfO{ sfof{nodf dGqfnon] k7fP cfkm"x?nfO{ dfGo x'g] cGoyf cdfGo x'g] atfPsf 5g\ .
 yfkf / zdf{n] l;“rfO{ dGqL dx]Gb| ofbjnfO{ !% nfv ?k}of“ a'emfpg g;Sbf pgLx?sf] ;?jf ul/Psf] pkef]Qmfsf] cf/f]k 5 . …l;“rfO dGqLn] n]gb]gsf] s'/f lems]kl5 cfpg nfu]sf sfof{no k|d'v klg /f]lsPsf 5g\Ú, /t'jf dfjf gbL lgoGq0f k|efljt d'n ;ldlt df]/8sf cWoIf d'lQmgfy a/fnn] eg], …;fdfGo k|zf;g dGqfnoaf6 /fdbf; df:s]sf] gfd tf]lsP klg l;“rfO dGqfnodf l6Kk0fL pl7;s]sf] cj:yfdf dGqLn] k};fsf] s'/f ubf{ lgo'lQm /f]lsPsf] 5 .Ú o;cl3 tLgj6} gbLsf k|efljt ;ldltsf kbflwsf/Lx?n] sfof{no k|d'v gcfPsf] la/f]wdf kqsf/ ;Dd]ng u/L dGqLn] @) nfv ?k}of“ 3'; dfu]sf] ;fj{hlgs u/]sf lyP .
  d"n ;ldltsf kbflwsf/Ln] l;“rfO ;lrj laGbf xf8fnfO{ ;d]t sfof{no k|d'v gcfPsf sf/0f t6aGw sfo{ /f]lsPsf] hgfp lbPsf lyP . sGsfO{ gbL lgoGq0f ;ldltsf cWoIf  yfkfn] ;lrj xf8fn] ;ft lbgleq sfof{no k|d'v k7fOlbg] cfZjf;g lbPsf] atfP . pgn] eg], …lkmN8 lelh6df cfp“bf pxf“n] k|d'v k7fP/ !% lbgleq 6]G8/sf] k|lqmof z'? ug]{ atfpg'ePsf] lyof] .Ú lxp“bdf z'? gePsf] t6aGw aiff{tsf] ;dodf z'? ul/gfn] Jooef/ a9\g] / sfd ;d]t k|efjsf/L x'g g;Sg] ePkl5 :yfgLo pkef]Qmfn] ;dodf k|efjsf/L sfd ug{ bjfj lb“b} cfPsf 5g\ . rf/ jif{cl3 :yfkgf ul/Psf] hgtfsf] t6aGw sfo{qmd cgt/ut gbL lgoGq0fsf nflu o;aif{ cf7 s/f]8 ?k}of“ 5'l§Psf] 5 .  


जनताको तटवन्ध कार्यालयमा मङ्गलवार तालावन्दी गर्दै स्थानीय उपभोक्ता



Thursday, June 30, 2011

दलीय सहभागिताविना विकास सम्भव छैन

जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला दुईदशक अघिदेखि सरकारी सेवामा कार्यरत छन् । २०४६ सालमा कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाको लेखा अधिकृतबाट सरकारी सेवामा पहिलो पाइला हालेका सिटौला २०६० पछि प्रशासनिक क्षेत्रमा कि्रयाशील भएका हुन् । त्यसयता विज्ञान तथा प्रविधि मन्त्रालय सूचना प्रविधि उच्चस्तरीय आयोग उद्योग तथा वाणिज्य मन्त्रालय स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव सिटौलासँग छ । पहिलो पटक ललितपुरको स्थानीय विकास अधिकारीको जिम्मा पाएका ४८ वर्षीय सिटौला डेढ वर्षदेखि झापामा कार्यरत छन् । निजामती क्षेत्रलाई सरकारको स्थानीय अंगका रुपमा परिभाषित गर्दै उनले यसलाई चतुर्थ वाहुको रुपमा विश्लेषण गरे । जनताले चाहेको सेवा दिने स्थायी संयन्त्र भनेको निजामती क्षेत्र हो उनले भने राजनीति उपस्थित नभएको क्षेत्रमा पनि निजामती क्षेत्र उपस्थित हुन्छ । उनी यसलाई जनतासँग नजिकको सम्वन्ध राख्ने गैरनिर्वाचित निकाय भन्न रुचाउँछन् । सिटौलासँग प्रतिदिन दैनिकका कार्यकारी सम्पादक सुब्रत न्यौपानेले गरेको कुराकनी
 
 झापा जिल्लाको विकासका प्रमुख सम्भाव्यता के-के हुन् ?
   झापामा विकासका प्रचुर सम्भावना छन् । पहिलो त कृषि क्षेत्रको विकास नै हो । अर्काे पर्यटनको विकासले पनि झापा आर्थिक रुपमा सवल हुनसक्ने देखिन्छ । अन्न भण्डारका रुपमा झापालाई लिने गरिएको छ । पर्याप्त िसंचाई सुविधा राम्रो बीउ र आधुनिक खेती प्रणालीको विकास गर्न सके झापाले देशलाई राम्रो प्रतिफल दिनसक्छ । झापा यस्तो जिल्ला हो जहाँ सुपारी र चिया जस्ता नगदेवालीको उत्पादनले स्थानीय किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरेको छ । झापाका पूर्वाेत्तर गाविसमा भइरहेको सुपारी खेतीलाई अझै विस्तार गर्न सके आर्थिक रुपमा झापाको भविष्य उज्ज्वल देखिन्छ । सुपारी तीन तले वाली हो । सुपारीसँगै किसानले अदुवा र मरिच पनि उत्पादन गर्न सक्छन् । एउटै जमिनबाट तीनथरि फाइदा लिनसक्ने अवस्था झापामा छ । चिया उत्पादनमा पनि झापाको भूमिका महत्वपूर्ण छ । वर्षेनी एक डेढ अर्वको आम्दानी चियाबाट हुन्छ । चिया खेतीलाई अझै बैज्ञानिक बनाउन सक्ने हो भने रोजगारीका प्रश्ास्त सम्भावना पनि छन् । पयर्टनका लागि पनि झापा उपयुक्त जिल्ला हो । नेपालको सबैभन्दा होचो ठाउँ केचना झापामा छ । सतासीधाम पूर्वको पशुपतिनाथले परिचित अर्जुनधाराधाम कृष्णथुम्की किचकवध लगायतका पर्यटकीयस्थलले पनि झापाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छन् ।
 
  त्यसो भए सुपारी र चियाको विस्तारमा जिविसको के योजना छ ?
 जिविसले सुपारी खेतीलाई अझै व्यवसायिक बनाउन लगानी गरिरहेको छ । सुपारी खेती हँुदै आएका अन्तर्राष्ट्रिय मुलकको अध्ययन भ्रमणमा किसानलाई पठाउने र त्यहाँबाट नयाँ नयाँ तरिका र प्रविधिवारे ज्ञान हासिल गर्ने जस्ता काम भइरहेका छन् । यसका अतिरिक्त किसानलाई उन्नत जातका विरुवा उपलब्ध गराउने गरिएको छ । विज्ञहरुको सहभागितामा तालिम पनि साचालन गरिएका छन् । चियाको विकासमा जिविसले खासै लगानी गर्नु परेको छैन । स्वतस्फूर्त रुपमा चिया खेतीको विकास र विस्तार भइरहेको छ । कॄषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि िसंचाई योजनाहरु निर्माण भइरहेका छन् । 
 
जिल्लाको विकास योजना तर्जुमा गर्दा सहभागितामूलक छलफल हुन्छ कि हँदैन ?
 छलफल नगरी कुनै पनि विकास योजना बनाइँदैन । ऐनमा व्यवस्था भए अनुसार सरोकारवालासँगको छलफलपछि मात्र योजना निर्माण हुन्छ । सबैभन्दा पहिले वस्तीस्तरमा छलफल चलाउँछौ । जनताको आवश्यकतालाई सम्वोधन गर्ने खालको योजना बनाउन पनि सहभागितामूलक छलफल जरुरी छ । इलाकास्तरीय छलफलपछि पास भएका योजना सर्वदलीय संयन्त्रमा पेश हुन्छन् । त्यहाँबाट प्राप्त सुझावलाई आधार मानेर जिल्ला परिषद्ले विकास योजनालाई अन्तिम रुप दिन्छ । तल्लो तहदेखि माथिल्लो तहसम्मको सहभागिताले मात्रै विकासको दीगोपन कायम हुनसक्ने भएकाले छलफल नगरी योजना बनाइनु हँुदैन भन्ने मेरो मान्यता हो । सहभागितामूलक योजना पद्धति अवलम्वन गरियो भने मात्रै जनताले विकास योजनाको स्वामित्व ग्रहण गर्न सक्छन् ।
 
झापामा अहिले कस्ता विकास निर्माण्ँका योजना साचालन भइरहेका छन् ?
 बढीजसो पूर्वाधार विकासका योजना साचालन भइरहेका छन् । सडक निर्माण विकास र विस्तारको काम भइरहेको छ । पुलपुलेसा िसंचाई आयोजनाको निर्माण पनि जारी छ ।  सामाजिकतर्फ महिला आदिवासी जनजाति सशक्तीकरणका कार्यक्रम छन् । गरिवसँग विश्वेश्वर कार्यक्रम लगायतका योजना साचालनमा छन् । 
 
स~चालित योजनाको कार्यान्वयन कतिको प्रभावकारी छ ?
 सहभागितामूलक भएपछि योजना कार्यान्वयन प्रभावकारी नहुने भन्ने सवालै रहँदैन । विकासप्रति झापाली जनताको प्रतिवद्धता र दृढताले हरेक योजना कार्यान्वयनमा सघाएको छ । उपभोक्ता समितिमार्फत योजना साचालन गर्दा प्राविधिक केही कारणबाहेक कार्यान्वयन गर्न सजिलो हुन्छ । सहमतिका आधारमा योजनाको छनोट र वर्गीकरण गरिने भएकाले पनि कार्यान्वयनमा खासै समस्या छैन । विकास योजनामा स्वामित्व स्थापित होस् भन्नका लागि पनि उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्न थालिएको छ । यसमा खासगरी साना योजना पर्छन । यसले स्थानीयलाई रोजगारीको अवसर पनि प्राप्त भएको छ । 
 
उपभोक्ता समितिमार्फत स~चालन गरिएका योजना र ठेकेदारमार्फत साचालन गरिएका योजना कुन प्रभावकारी छन् ?
 उपभोक्तालाई दिइएका सबै योजना प्रभावकारी हुन्छ भन्ने होइन । पाँचलाख रुपैयाँभन्दा मुनिको लागतका योजना उपभोक्ताले नै स~चालन गरिरहेका छन् । तिनको कार्यान्वयन प्रभावकारी छ । तर ठूला योजनामा उपभोक्ता समिति खासै सफल भएको पाइँदैन । उपभोक्ता समितिले योजनाको जिम्मा लिए पनि ठूला योजना सम्पन्न गर्न उसले खोज्ने भनेको ठेकेदार नै हो । त्यसैले ठूला योजनाको निर्माण ठेक्का प्रकि्रयाद्धारा साचालन गरिएको छ । कतिपय अवस्थामा बाढीले निर्माण साम्रगी बगायो भने उपभोक्ता जवाफदेही बन्दैनन् । तर ठेकेदारले त्यसको जिम्मा नलिई हुँदैन । यस कारण पनि ठूला योजना ठेकेदारलाई दिइने गरिएको छ ।  दिगोपनका लागि पनि ठूला विकासे योजना ठेकेदारलाई दिनुपर्छ । 
 
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा तपाईको अनुभव कस्तो रह्यो  ?
 यसपटक बजेट आउन आफैँमा ढिलो पनि भयो । जिल्ला परिषद् समयमा नै भए पनि कार्यान्वयनमा ढिलाई हुन गयो । तर स्वीकृत सबै योजना पूरा हुने चरणमा छन् । परिषद्ले पास गरेका सबै योजना पूरा हुन्छन् ।  
 
बजेटले विकास योजनाको मागलाई कति प्रतिशतले धानेको छ   ?
 झापामा विकासप्रतिको जनताको चाहनाले माग धान्न मुस्किल छ । अहिले सडकमा मात्रै ४५ करोड रुपैयाँको माग छ । सडक िसंचाई र कल्भर्ट लगायतका योजना निर्माणका लागि उपभोक्ताले बजेट माग गरिरहेका छन् । मन्त्रालयबाट आउने अनुदान सहयोग र सात करोड आन्तरिक आम्दानीले मात्रै जनताको माग धान्न सक्ने अवस्था छैन । तथापि जिल्ला परिषद्ले गरेको निर्णयका आधारमा योजनालाई प्राथमिकता दिने गरेका छौँ । शिक्षामा पनि जिविसको लगानी छ । सामुदायिक क्याम्पसलाई अनुदान दिन्छाँै ।  
वर्षेनी भारतबाट छिरेका जंगली हात्तीले करोडौँको नोक्सानी गर्छन । यसैसाता डेढ सय हात्ती नेपाल छिरे । अझ यहाँका खोलानालाले पुर्याएको नोक्सानी उल्लेख गरेर साध्य छैन । तर त्यसको नियन्त्रणका लागि जिविसले किन बजेट छुट्याउँदैन ?
 जंगली हात्ती नदी कटान झापाको दीर्घकालिन समस्या हो । यसमा जिल्ला विकास समितिको लगानी मात्रै पर्याप्त हँुदैन । हात्ती नियन्त्रणका लागि जिविसले एक करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । तर त्यो लगानी वालुवामा पानी सरह भयो । झापाको बाहुनडाँगीमा गरिएको इलेक्ट्रो फे_िन्सङको संरक्षण हुन सकेन । त्यसमा स्थानीयको लगानी र स्वामित्व कमजोर देखियो । अन्तत भयावह समस्या हँुदाहँुदै पनि वैकल्पिक स्रोतको खोजी गरेर मात्र हात्तीको समस्या समाधान हुन सक्ने ठानेर बजेट विनियोजन गर्न छोडिएको हो । कसैले सहयोग गरे जिविस झापा समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ । अर्काे कुरा झापाको कनकाई रतुवा मेची टाङटिङ विरीङ लगायतका नदीले वर्षेनी गरेको क्षति रोक्न जिविससँग पर्याप्त बजेट छैन । एउटा क्षेत्रमा मात्रै लगानी गर्न नसक्ने जिविसको बाध्यताका कारण भने जस्तो र चाहे जस्तो हिसावले बजेट विनियोजन गर्न सकिएको छैन । त्यही भएर जल उत्पन्न प्रकोप र जनताको तटवन्ध जस्ता कार्यक्रम साचालन भइरहेका छन् ।  
  निर्वाचित राजनीतिक नेतृत्व नहुँदा कार्य सम्पादन प्रकि्रयामा के-के चुनौती छन् ?
 काम गर्ने सिलसिलामा चुनौती आउनु स्वभाविक हो । त्यसलाई सामना गरेर अगाडि बढ्न सकियो भने मात्र लक्ष्यमा पुग्न सकिन्छ । निर्वाचित राजनीतिक नेतृत्व नहँुदा केही कठिनाई आएका छन् । जनताको आवाज सरोकारवाला निकायसम्म नआउने हो कि भन्ने एक किसिमको चिन्ता विद्यमान छ । जनप्रतिनिधिले विकास निर्माण योजनामा लिने स्वामित्व शुन्य भएको स्थिति छ । सेवाको प्रभावकारिता र जनताप्रतिको जवाफदेहितामा कमी आएको छ । यद्यपि राजनीतिक दलका जिल्लास्तरीय नेतालाई जनप्रतिनिधिका रुपमा स्थापित गरेर काम भइरहेकाले अधिकांश समस्या समाधान गर्न सहज भएको छ । सबै आस्था र विचारका राजनीतिक दललाई समदूरीमा राखेर व्यवहार गर्नु पर्ने र जनप्रतिनिधिको जस्तै जनसरोकारका सामान्य काममा पनि सकि्रयता देखाउनु पर्दा केही असजिलो महसुस भएको छ ।
 
विकास निर्माण्ँमा दलीय सहभागिता र सहयोग कस्तो छ ?
दलीय सहयोग र सहभागिताकै कारण विकास योजनाको कार्यान्वयन सम्भव भएको हो । अन्य जिल्लाको तुलनामा यहाँको राजनीतिक नेतृत्व सक्षम र एकआपसका कुरा बुझ्ने खालको छ । दलीय भन्दा सामूहिक स्वार्थले दलका नेताहरु प्रस्तुत हुन्छन् । एउटाले गरेको प्रस्तावमा अर्काेले खासै असहमति राखेको मैले आजसम्म थाहा पाएको छैन । अन्य जिल्लामा विवाद भयो रे भन्ने सुन्छु तर झापामा यस्तो स्थिति आएको छैन । सहमतिय राजनीतिको अनुपम उदाहारण झापामा छ । दलगत स्वार्थका कारण कतिपय जिल्लामा कर्मचारीले तनाव भोग्छन् तर यहाँ त्यस्तो छैन ।
 
राजननीतिक नेतृत्वको कार्यशैली र व्यवहारकै कारण गतवर्ष सरकारको मूल्याङ्कनमा झापा जिविस उत्कृष्ट भएको हो ?
 यसको श्रेय सबैलाई जान्छ । न्युनतम शर्त तथा कार्य सम्पादन मापनमा ७४ अंक ल्याएर झापाले थप २५ प्रतिशत अनुदान पायो । स्थानीय विकास मन्त्रालयको वित्तिय आयोगले गरेको मूल्याङकनमा झापा उत्कृष्ट भएको थियो । झापाले बेरुजु फस्र्याेटमा पनि निकै ठूलो सफलता हासिल गरेको छ । ८३ प्रतिशत बेरुजु फस्र्याैट गरेर झापा नेपालमा दोस्रो भएको छ ।
 विकास बजेट पि्रुज हुने समस्या कत्तिको छ  ?
 बजेट पि्रुज हुने समस्या छैन । केही प्रशासनिक खर्च पि्रुज हुने अवस्था आए पनि विकास बजेट पि्रुज भएर जाँदैन । यसमा जिल्ला विकास र राजनीतिक दलको संयन्त्र सजग छ । <
 समग्रमा जिल्लाको विकासका सजिला अप्ठ्यारा के छन्  ?
 धेरै सवाल सजिलै छन् । जनता विकासको स्वामित्व र प्रतिफल ग्रहण गर्न चाहन्छन् । राजनीतिक दलको सुझबुझपूर्ण निर्णयले पनि काम गर्न सजिलो भएको छ । अहिलेको अप्ठ्यारो भनेको जनताको माग धान्ने स्रोतको अभाव हो । विकासप्रतिको जनताको चाहना अनुसार स्रोत व्यवस्थापन हुन सकेको छैन ।
आधारभूत पूर्वाधारको हिसावले झापा कत्तिको विकसित छ ?
 आर्थिक सामाजिक राजनीतिक सांस्कृतिक लगायतका सबै हिसावले झापा सम्पन्न र विकसित जिल्ला हो । झापाको गाउँ गाउँमा सडकको साजाल छ । जिल्लाका ४७ गाविस र तीनवटा नगरपालिका जहाँ सडक नपुगेको ठाउँ छैन । जताततै विद्यालय छन् । त्रिभुवन विश्वविद्यालयको एउटा अध्ययनले झापा नेपालमा सबैभन्दा कम गरिवी भएको जिल्लाका रुपमा देखाएको छ ।
  •  

Tuesday, June 07, 2011

झापामा एकलाख ८० हजार घर


झापा २५ जेठ   राष्ट्रिय जनगणना २०६८ अन्तर्गत पहिलो चरणको सूचीकरणले झापा जिल्लामा एक लाख ८० हजार घर परिवार रहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
पहिलो चरणको सूचीकरणका लागि निम्न माध्यमिक शिक्षक शिक्षिका तथा नायव सुब्बास्तरका कर्मचारी गरी दुई सय गणना सुपरीवेक्षकले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेका थिए । नमुना सुपरीवेक्षणका लागि भद्रपुर नगरपालिका तथा चन्द्रगढी र धाइजन गाउँ विकास समितिमा महिला मात्र गणना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
यस्तै पहिलो चरणको सुपरीवेक्षण ३२ प्रतिशत आदिवासी जनजाति ३१ प्रतिशत महिला तथा कार्यरत सबै मधेशी निमावि शिक्षक समेत रहेको जनगणना अधिकृत कपिलप्रसाद तिमल्सेनाले बताए । 
पहिलो चरणमा प्रत्येक घरपरिवारलाई ३० वटा प्रश्न सोधी जनसाङ्ख्यिक पुरुष महिला तेस्रो लिङ्गी कृषि कार्य तथा साना घरेलु व्यवसायअन्तर्गत पर्ने विवरण सङ्कलन गरिएको छ । पहिलो चरणको प्राप्त आँकडाका आधारमा दोस्रो चरण ०६८ असार ३ देखि १३ गतेसम्म सबै घरपरिवारको पारिवारिक विवरण नाम थर उमेर लिङ्ग धर्म जातजाति भाषा साक्षरता अपाङ्गता वैवाहिक स्थिति तथा उमेर समूहका हरेक व्यक्तिको आर्थिक कि्रयाकलाप सम्बन्धी विवरण समेत सङ्कलन गर्ने लक्ष्यका साथ ५० प्रश्न सोधी तथ्याङ्क लिइने अधिकृत तिमल्सेनाले बताए ।
पहिलो चरणको प्रारम्भिक सूचीकरणमा जिल्लाका सबै वर्ग समुदाय राजनीतिक दल नागरिक समाज एवम् साचार माध्यम समेतबाट पूर्ण सहयोग पाएकाले अपेक्षा गरिएभन्दा सहज रुपले सम्पन्न भएको गणना अधिकृतको भनाइ छ ।

 

Sunday, May 29, 2011

नेपालमा पहिलो पटक मेचीमा चियाको पढाई


सुब्रत न्यौपाने 
झापा १६ जेठ 
 
  नेपालमा पहिलो पटक झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि र व्यवस्थापन विषयमा पढाई हुने भएको छ । विज्ञान संकायका विद्यार्थीले स्नातक तहमा आगामी शैक्षिक सत्रदेखि सो विषय पढ्न पाउने भएका छन् ।
  त्रिभुवन विश्वविद्यालयले मंगलवार सो विषयको पाठ्यक्रमलाई अन्तिम रुप दिएको हो । भद्रपुरमा आयोजित विश्वविद्यालयको विषयगत समितिको कार्यशाला गोष्ठीले पाठ्यक्रमलाई अन्तिम रुप दिएको मेची बहुमुखी क्याम्पसका प्रमुख चिन्तामणि दाहालले बताए । ुविशेषज्ञ उत्पादन गर्ने मुख्य लक्ष्य राखेर विश्वविद्यालयले तयार पारेको पाठ्यक्रमले अन्तिम रुप पाएको छु दाहालले भने ुएकेडेमिक काउ_िन्सलले स्वीकृत गरेपछि पाठ्यक्रम लागू हुन्छ ।
  भारतको आसामस्थित एगि्रकल्चर युनिभसर्िटी जोरहाट र टोक्लाई रिसर्च सेन्टरको अनुगमनपछि विश्वविद्यालयको विषयगत समितिले पाठ्यक्रमलाई अन्तिम रुप दिने निर्णय गरेको हो । टोक्लाई अन्तर्राष्ट्रियस्तरकै सुविधा सम्पन्न र प्रविधियुक्त रिसर्च सेन्टर मानिन्छ । अनुगमनपछि प्राध्यापकहरुको टोली सोमवार मात्रै झापा फर्किएको थियो । टोलीमा त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र विभागका अध्यक्ष प्राध्यापक डा।प्रमोदकुमार झा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव श्रेष्ठ प्राध्यापक डा।मुकुन्दप्रसाद गजुरेल लगायत सहभागी थिए ।
  यसअघि मेची क्याम्पसले भारतको पश्चिम बंगालस्थित नेसनल टी इ_िन्स्टच्यूटका प्रोफेसर एमआर रायको सहयोगमा पाठ्यक्रमको मस्यौदा तयार पारेर गत कात्तिकमा पहिलो छलफल चलाएको थियो । डीन कार्यालयले अध्ययन गरेपछि मस्यौदामाथि दोस्रो चरणमा छलफल भएको र सोही अनुसार संकाय वोर्डले पनि पारित गरेको क्याम्पसले जनाएको छ । चिया खेतीलाई वैज्ञानिकीकरण गरी मुख्य आर्थिक स्रोतको रुपमा विकास गर्ने सरकारको लक्ष्यलाई यसको अध्ययनले थप उर्जा दिने विश्वास विश्वविद्यालयले लिएको छ ।
  नेपालमा चिया खेती सुरु भएको एकसय ४७ वर्षपछि त्रिभुवन विश्वविद्यालयले यसको अध्यापनको व्यवस्था मिलाउन लागेको वनस्पति विभागका अध्यक्ष डा। झाले बताए । नेपालमा चियाका विषयमा प्राज्ञिक तहमा हालसम्म कुनै पनि पाठ्यक्रम निर्माण हुन सकेको थिएन । सुनसरीको धरानस्थित खाद्य प्रविधि क्याम्पसमा चियाको विषयमा एक युनिट पढाई हुने गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । हाल चियाको विषयमा अध्ययन गर्न चाहने विद्यार्थीले भारत जानु पर्ने वाध्यता छ । भारतको नर्थ बंगाल विश्वविद्यालय आसामको जोरहाट र टोक्लाईमा १० महिने पोष्ट ग्रेजुएट डिप्लोमा कोर्ष पढाई हुन्छ ।
  प्रशस्त सम्भावना भएर पनि दक्ष प्राविधिक जनशक्तिको अभावमा चियाले उत्पादनको मुख्य हिस्सा ओगट्न नसकिरहेका बेला यसको अध्यापन सुरु हुन लागेको हो । चार वर्षे कोर्षमा आठ सेमेस्टारमा परीक्षा साचालन गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ । पहिलो चरणमा २४ जना विद्यार्थीले भर्ना पाउनेछन् । अध्ययनका लागि मेची क्याम्पसले आवश्यक भौतिक पूर्वाधार व्यवस्थापन गर्नुपर्ने छ । शिक्षालाई रोजगारमुखी बनाउँदै लैजाने सरकारको नीति अनुसार ुटी टेक्नोलोजी एण्ड मेनेजमेन्टु विषयमा स्नातक तहका विद्यार्थीलाई पढ्ने व्यवस्था मिलाउन लागिएको क्याम्पस प्रमुख दाहाल बताउँछन् ।
   पूर्वी नेपालका झापा इलाम लगायतका जिल्लामा नगदे वालीको रुपमा चिया खेतीको विकास र विस्तार भए पनि विशेषज्ञ अभावमा समस्या झेल्नु परिरहेको छु दाहालले भने ुहरित उद्योगको रुपमा स्थापित चिया खेती र यसको व्यवसायिक गुणस्तर सुधारका लागि जनशक्ति पहिलो सर्त भएकाले चिया विषय पढाउने तयारी गरिएको हो ।ु २०५७ मा सरकारले ल्याएको राष्ट्रिय चिया नीति प्रभावकारी रुपमा कार्यान्वयन नभइरहेका बेला चिया प्रविधिको अध्ययन अध्यापनले चियाको गुणस्तरमा सुधार आउने अनुमान गरिएको छ ।
  सरकारले पूर्वााचललाई चिया क्षेत्र घोषणा गरी राष्ट्रिय चिया तथा कफी विकास वोर्ड गठन गरे पनि जनशक्ति उत्पादनमा ठोस् कार्यक्रम साचालन गर्न सकेको छैन । प्राविधिक जनशक्ति उत्पादनका लागि भारतबाट विशेषज्ञ ल्याउनु पर्ने भएकाले नेपाली उद्योगी र किसानको क्षमताले नभ्याउने अवस्थाबाट चिया क्षेत्र गुज्रदँै आएको छ । चियामा रोग लागे पनि प्राविधिकको अभावमा किसानले समाधानका उपाय खोज्न सकेका छैनन् । भारतबाट झिकाइएका प्राविधिकलाई दैनिक १६ हजार रुपैयाँ तिर्नु पर्ने भएकाले किसानलाई खर्च धान्न मुस्किल छ ।  
   हाल पूर्वी नेपालका झापा इलाम पाँचथर धनकुटा र तेह्थुममा १६ हजार चार सय २० हेक्टर क्षेत्रफलमा चिया खेती लगाइएको छ । यसबाट वार्षिक १५ हजार एकसय ६८ मेटि्रक टन अर्थात एक करोड ५१ लाख ६८ हजार किलो तयारी चिया उत्पादन हुन्छ । नेपालमा अर्थाेडक्स र सिटीसी चिया उत्पादन हुन्छ । त्यसमा अर्थाेडक्सको उत्पादन एक हजार नौ सय ७७ मेटि्रक टन रहेको छ । अर्थाेडक्स चियाको मुख्य बजार जर्मनी हो । उत्पादनको ९० प्रतिशत अर्थाेडक्स चिया जर्मनी निर्यात हुने गरेको छ ।
   मौसम अनुकुल भए एक हेक्टरमा कम्तीमा १६ हजार किलो हरियो पत्ती उत्पादन हुन्छ । प्रचलित भाउ अनुसार किसानले लगानीको खर्च कटाएर वार्षिक प्रतिहेक्टर कम्तीमा एक लाख रुपैयाँ आम्दानी गर्न सक्छन् । चिया प्रशोधनका लागि झापामा २५ इलाममा १३ पाँचथरमा एक र धनकुटामा तीन वटा कारखाना साचालनमा छन् । चिया खेतीको विकास र विस्तारकै गतिमा प्रशोधन कारखाना थपिने क्रम पनि बढ्दो छ । नेपालमा हाल सात हजार पाँच सय ९३ किसान परिवार चिया खेतीमा संलग्न छन् ।