Friday, September 25, 2009
हार्दिक शुभकामना
विजयादशमीको उपलक्ष्यमा समस्त महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
Wednesday, September 16, 2009
प्रहरीको यातनाले मृत्यु
भद्रपुर झापा
भदौ ३१
प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले बुधवार दिनभर जिल्ला प्रहरी कार्यालय झापा घेराउ गरेका छन् ।
तीन दिनअघि पक्राउ परेका भद्रपुर ४ का गोविन्दबहादुर कार्कीको मृत्यु भएपछि आज दिनभर प्रहरी कार्यालय घेराउ गरेका हुन् । कार्कीको बुधबार विहान मृत्यु भएको थियो । पारिवारिक विवादमा भान्जा योगेन्द्र थपलियालाई कुटपिट गरेपछि कार्की पक्राउ परेका थिए ।
उनलाई हिरासतमा यातना दिएर मारिएको मृतकका दाजु हरिबहादुर कार्कीले दाबी गर्नुभयो । प्रहरीले भने उनलाई यातना नदिइएको जनाएको छ । झापाका प्रहरी प्रमुख विजयराज भट्टले क्रोनिक अल्कोनिकका कारण कार्कीको मृत्यु भएको बताउनुभयो ।
सोमबार पक्राउ परेका कार्कीलाई प्रहरीले आज विहान श्रीमती मुनाको जिम्मा लगाएको थियो । शरीरमा निलडाम भएका कार्कीलाई विहानै उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको भए पनि चिकित्सकले थप उपचारका लागि तत्काल धरान लैजान रेफर गरेका थिए । उनको बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
कार्कीको मृत्यु भएपछि पीडित परिवारले दोषी प्रहरीलाई कार्वाही गर्नुपर्ने र दश लाख क्षतिपर्ूर्ति दिनुपर्ने माग राखी प्रहरी कार्यालयमा धर्ना दिएको हो । करिब तीन सयको सङ््ख्यामा भेला भएका गाउँलेले कार्कीको शव मूलगेटमा राखेर प्रहरीविरुद्ध नाराबाजी गर्दै धर्ना दिएका हुन् ।

Tuesday, September 15, 2009
डाका प्रतिकारमा दुइको मृत्यु
शेखर ढकाल
इटहरी, ३१ भदौ
सुनसरीको राजगँजसिनवारीमा मंगलबार राती भारतीय डाकाहरुको प्रतिकार गर्दा दुईजना स्थानीय वासिन्दाको मृत्यु भएको छ।
राती दुइ बजे हतीयार सहित आएका भारतीय डाँकाहरुले गाइ बस्तु लुट्न थालेपछि प्रतिकारमा उत्रिएका स्थानीय ४० बर्षिया चन्द्रदेब यादव र ४६ वर्षिया लालजी सरदराको गोली लागी घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कर्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र ढकालले भारतीय डाकाहरुको प्रतिकारमा अन्य केही गाउले पनि घाइते भएको बताए।
घटनास्थल भारतीय सिमामा भएकालेे बिस्तृत बिवरण आइ नसकेको ढकालले बताए। यसैबीच अहिले घटना स्थलमा प्रही पुगे पनि स्थानीयवासी प्रहरीलाई लखटेका छन्।
शान्ती सुरक्षा कायम गर्न नसकेकेा भन्दै स्थानीयले शसस्त्र प्रहरी सिमा सुरक्षा बलको गाडीमा आगो लगाएपछि त्याहा अहिले तानब रहेको शसस्त्रका एसपी खड्ग राइले बताए।
स्थानीयले घटनाको बिषयमा जिल्लाका प्रहरी प्रमुखले माफी मग्नु पर्ने, र मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनु पर्ने , सुरक्षाको प्रत्याभुति दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

पत्रकार धमलालाई भिसा दिन अमेरिकाद्वारा इन्कार
काठमाडौ । नेपालस्थित अमेरिकी राजदूतावासले प्रधानमन्त्री माधवकुमार नेपालको आशन्न अमेरिका भ्रमणका लागि सरकारी टोलीमा पत्रकार ऋषि धमलालाई समावेश गर्न इन्कार गरेको छ ।
परराष्ट्र मन्त्री सुजाता कोइरालाले धमलाको नाम सिफसिर गरेकोमा दुतावासले उनलाई भिसा दिन इन्कार गरेपछि धमला अमेरिका जान वञ्चित भएका हुन् । हतियार खरखजना अन्तरगत मुद्दा खेपिरहेका धमला यसअघि प्रमको भारत भ्रमण टोलीमा भने सहभागी भएका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा छनौटमा पर्नेहरुमा प्रमपत्नी गायत्री नेपाल, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, एमाले नेता अमृत बोहोरा, रघुजी पन्त, प्रमका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, तमलोपाका जीतेन्द्र सोनल, कर्मचारीहरुका तर्फबाट मधुरमण आचार्य र ज्ञानचन्द्र आचार्य, लीलामणि पौडेल, सुधा शर्मा, यादवचन्द्र शर्मा, भानुभक्त ढकाल, गोपाल थपलिया, राजेन्द्र फुयाँल, मोहनकुमार श्रेष्ठ, अमृत राई जंगबहादुर गुरुङ्ग, सेनाका मेजर झरेन्द्र भट्टराई, जनपथका डीएसपी चन्द्रकुबेर खापुङ्ग र नेपाल टेलिभिजनका रविन्द्र आचार्य छानिएका छन् ।

संविधानविद अर्याल रहेनन
काठमाडौं, ३१ भदौ
नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिका संयोजक लक्ष्मण अर्यालको ७५ वर्षको उमेरमा निधन भएको छ ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश र नेपाल बारको अध्यक्षसमेत भइसकेका अर्यालको मृगौला, मुटु र छातीमा समस्या देखिएपछि विगत एक सातादेखि दिनदेखि आइसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान निधन भएको हो । गत मंगलबार मुटु र किड्नी सम्बन्धी समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार विहान ७ बजे उनको निधन भएको हो ।
१९ दिने जनआन्दोलनपछि तत्कालीन सात राजनीतिक दलको सहमतिमा उनले अन्तरिम संविधान निर्माणको महत्वपूर्ण भूमिका निएका थिए । अर्यालको अन्तरिम संविधानका प्रमुख मस्यौदाकार पनि हुन ।
अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । स्व अर्यालका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।

झापामा घट्ने भो धान उत्पादन
सुब्रत न्यौपाने
झापा ३१ भदौ
यसवर्ष झापामा धानको उत्पादन घट्ने भएको छ । मौसम प्रतिकूलताका कारण धानको उत्पादन घट्ने निश्चित प्राय भएको हो । वाली लगाउने समयमा पर्याप्त वषर्ा नभएकाले ढिलो रोपाई हुँदा यसवर्षधानको उत्पादन सन्तोषजनक नहुने स्थिति देखिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । 'यो वर्ष१५ प्रतिशतले धानको उत्पादन घट्ने स्थिति छ', कार्यालयको बाली संरक्षण शाखाका प्राविधिक सहायक शालिकराम भट्टर्राईले भने, 'वषर्ा अनियमित हुँदा यसवर्षधानले राम्रोसँग गाँज हाल्नै पाएको छैन ।' छिप्एिको विरुवा रोपिएकाले धानले राम्रोसँग गाँज नहालेको हो । रोपाईका बेला पर्याप्त वषर्ा नभएको र रोपेपछि अत्याधिक वषर्ा भएकाले वाली उत्पादनका लागि वातावरणीय सन्तुलन नमिलेको भट्टर्राईले बताए । धानको बाला लाग्ने बेलामा अहिले भने वषर्ा हुन सकेको छैन । झापामा ४१ हजार हेक्टर जमिनमा सिञ्चाई सुविधा छैन । १० हजार दर्ुइसय हेक्टर जमिन पनि अर्ध सिञ्चित मात्रै छ । भदौको पहिलो साता परेको अविरल वषर्ापछि आएको बाढीले बुधवारे, शान्तिनगर, शिवगञ्ज, अर्जुनधारा र सुरुङ्गामा सञ्चालित पाँचवटा सिँचाई आयोजनामा क्षति पुर्याएको छ । जसका कारण किसान सिञ्चाई सुविधाबाट वञ्चित भएका छन् । 'सिञ्चाईको अभाव पनि उत्पादन घट्ने एउटा कारण हो', प्राविधिक सहायक भट्टर्राईले भने, 'बाढीले खेतीयोग्य जमिन बगाएकाले पनि उत्पादन घट्ने स्थिति छ ।' गतवर्षझापामा तीन लाख २२ हजार दर्ुइसय मेटि्रकटन धान उत्पादन भएको थियो । उत्पादनका हिसावले झापा पर्ूवाञ्चलमै अग्रणी मानिन्छ । क्षेत्रीय कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत रामचुदाल साहका अनुसार यो वर्षपर्ूवाञ्चलमा तर्राईका जिल्लामा ७० प्रतिशत र पहाडका जिल्लामा ९० प्रतिशत रोपाई भएको थियो । यसवर्षझापामा ८० हजार ४० हेक्टरमा धानवाली लगाइएको छ । यो गत वर्षन्दा छ हजार नौ सय ६० हेक्टरले कम हो । अघिल्लो वर्ष८७ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो । 'प्लटिङ गरी बेच्ने क्रम तीव्र भएकाले छ हजार हेक्टर जमिनमा धानवाली लाग्न सकेन', प्राविधिक सहायक भट्टर्राईले भने, 'केही हेक्टर जमिनमा सिञ्चाईको अभाव हुँदा धानबाली लाग्न नसकेको हो ।' कार्यालयका अनुसार अविरल वषर्ापछि आएको बाढीले झापाका २१ गाविसको एक हजार दर्ुइसय ८९ हेक्टरको धानवालीमा क्षति पुगेको छ । नदी कटानका कारण सातसय ६६ हेक्टरको धानवाली पुरै नष्ट भएको छ । पाँचसय २३ हेक्टरको धानवाली भने वालुवाले पुरेको छ । बाढीले धानवाली लगाए बाहेकको छ सय ६० हेक्टर जमिन बगरमा परिणत गरिदिएको छ । झापाको कनकाई, रतुवा कमल र विरीङ लगायतका नदी तथा खोलामा आएको बाढीले धानबालीमा क्षति पुर्याएको हो । बाढीले यसवर्षझापामा मात्र आठ हजार नागरिक विस्थापित भएका थिए । सबैभन्दा बढी रतुवा नदीमा आएको बाढीले दमक, कोहवरा, र लखनपुर गाविसको तीनसय ८५ हेक्टर जमिनमा लगाइएको धानवाली बगाएको छ । पाक्न लागेको धान बाढीले बगाएपछि झापाली किसान वर्षरि कसरी गुजारा चलाउने भन्ने समस्याले पिरोलिएका छन् । पर्याप्त सिञ्चाई सुविधा भएका ठाउँमा किसानले रोपेको धान पाक्न लागेको थियो । कतिपय किसानले धान बेचेर दशै तिहार मनाउने योजना बनाएका थिए । 'दशै तिहारको त कुरै छोडौ अहिले वर्षरि खाने अन्न समेत छैन', विरीङ खोलाले धानखेत बगाएपछि निराश भएकी झापा घैलाडुब्बा-५ की भीम माया तामाङले भनिन् । उत्पादित धान बेचेर किसानले आफ्ना छोराछोरी समेत पढाउने गरेका थिए ।

Subscribe to:
Posts (Atom)