Wednesday, September 16, 2009

प्रहरीको यातनाले मृत्यु

भद्रपुर झापा
भदौ ३१
प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले बुधवार दिनभर जिल्ला प्रहरी कार्यालय झापा घेराउ गरेका छन् ।
तीन दिनअघि पक्राउ परेका भद्रपुर ४ का गोविन्दबहादुर कार्कीको मृत्यु भएपछि आज दिनभर प्रहरी कार्यालय घेराउ गरेका हुन् । कार्कीको बुधबार विहान मृत्यु भएको थियो । पारिवारिक विवादमा भान्जा योगेन्द्र थपलियालाई कुटपिट गरेपछि कार्की पक्राउ परेका थिए ।
उनलाई हिरासतमा यातना दिएर मारिएको मृतकका दाजु हरिबहादुर कार्कीले दाबी गर्नुभयो । प्रहरीले भने उनलाई यातना नदिइएको जनाएको छ । झापाका प्रहरी प्रमुख विजयराज भट्टले क्रोनिक अल्कोनिकका कारण कार्कीको मृत्यु भएको बताउनुभयो ।
सोमबार पक्राउ परेका कार्कीलाई प्रहरीले आज विहान श्रीमती मुनाको जिम्मा लगाएको थियो । शरीरमा निलडाम भएका कार्कीलाई विहानै उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको भए पनि चिकित्सकले थप उपचारका लागि तत्काल धरान लैजान रेफर गरेका थिए । उनको बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
कार्कीको मृत्यु भएपछि पीडित परिवारले दोषी प्रहरीलाई कार्वाही गर्नुपर्ने र दश लाख क्षतिपर्ूर्ति दिनुपर्ने माग राखी प्रहरी कार्यालयमा धर्ना दिएको हो । करिब तीन सयको सङ््ख्यामा भेला भएका गाउँलेले कार्कीको शव मूलगेटमा राखेर प्रहरीविरुद्ध नाराबाजी गर्दै धर्ना दिएका हुन् ।

No comments:

Post a Comment