Tuesday, September 15, 2009

झापामा घट्ने भो धान उत्पादन

सुब्रत न्यौपाने
झापा ३१ भदौ
यसवर्ष झापामा धानको उत्पादन घट्ने भएको छ । मौसम प्रतिकूलताका कारण धानको उत्पादन घट्ने निश्चित प्राय भएको हो । वाली लगाउने समयमा पर्याप्त वषर्ा नभएकाले ढिलो रोपाई हुँदा यसवर्षधानको उत्पादन सन्तोषजनक नहुने स्थिति देखिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । 'यो वर्ष१५ प्रतिशतले धानको उत्पादन घट्ने स्थिति छ', कार्यालयको बाली संरक्षण शाखाका प्राविधिक सहायक शालिकराम भट्टर्राईले भने, 'वषर्ा अनियमित हुँदा यसवर्षधानले राम्रोसँग गाँज हाल्नै पाएको छैन ।' छिप्एिको विरुवा रोपिएकाले धानले राम्रोसँग गाँज नहालेको हो । रोपाईका बेला पर्याप्त वषर्ा नभएको र रोपेपछि अत्याधिक वषर्ा भएकाले वाली उत्पादनका लागि वातावरणीय सन्तुलन नमिलेको भट्टर्राईले बताए । धानको बाला लाग्ने बेलामा अहिले भने वषर्ा हुन सकेको छैन । झापामा ४१ हजार हेक्टर जमिनमा सिञ्चाई सुविधा छैन । १० हजार दर्ुइसय हेक्टर जमिन पनि अर्ध सिञ्चित मात्रै छ । भदौको पहिलो साता परेको अविरल वषर्ापछि आएको बाढीले बुधवारे, शान्तिनगर, शिवगञ्ज, अर्जुनधारा र सुरुङ्गामा सञ्चालित पाँचवटा सिँचाई आयोजनामा क्षति पुर्याएको छ । जसका कारण किसान सिञ्चाई सुविधाबाट वञ्चित भएका छन् । 'सिञ्चाईको अभाव पनि उत्पादन घट्ने एउटा कारण हो', प्राविधिक सहायक भट्टर्राईले भने, 'बाढीले खेतीयोग्य जमिन बगाएकाले पनि उत्पादन घट्ने स्थिति छ ।' गतवर्षझापामा तीन लाख २२ हजार दर्ुइसय मेटि्रकटन धान उत्पादन भएको थियो । उत्पादनका हिसावले झापा पर्ूवाञ्चलमै अग्रणी मानिन्छ । क्षेत्रीय कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत रामचुदाल साहका अनुसार यो वर्षपर्ूवाञ्चलमा तर्राईका जिल्लामा ७० प्रतिशत र पहाडका जिल्लामा ९० प्रतिशत रोपाई भएको थियो । यसवर्षझापामा ८० हजार ४० हेक्टरमा धानवाली लगाइएको छ । यो गत वर्षन्दा छ हजार नौ सय ६० हेक्टरले कम हो । अघिल्लो वर्ष८७ हजार हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो । 'प्लटिङ गरी बेच्ने क्रम तीव्र भएकाले छ हजार हेक्टर जमिनमा धानवाली लाग्न सकेन', प्राविधिक सहायक भट्टर्राईले भने, 'केही हेक्टर जमिनमा सिञ्चाईको अभाव हुँदा धानबाली लाग्न नसकेको हो ।' कार्यालयका अनुसार अविरल वषर्ापछि आएको बाढीले झापाका २१ गाविसको एक हजार दर्ुइसय ८९ हेक्टरको धानवालीमा क्षति पुगेको छ । नदी कटानका कारण सातसय ६६ हेक्टरको धानवाली पुरै नष्ट भएको छ । पाँचसय २३ हेक्टरको धानवाली भने वालुवाले पुरेको छ । बाढीले धानवाली लगाए बाहेकको छ सय ६० हेक्टर जमिन बगरमा परिणत गरिदिएको छ । झापाको कनकाई, रतुवा कमल र विरीङ लगायतका नदी तथा खोलामा आएको बाढीले धानबालीमा क्षति पुर्याएको हो । बाढीले यसवर्षझापामा मात्र आठ हजार नागरिक विस्थापित भएका थिए । सबैभन्दा बढी रतुवा नदीमा आएको बाढीले दमक, कोहवरा, र लखनपुर गाविसको तीनसय ८५ हेक्टर जमिनमा लगाइएको धानवाली बगाएको छ । पाक्न लागेको धान बाढीले बगाएपछि झापाली किसान वर्षरि कसरी गुजारा चलाउने भन्ने समस्याले पिरोलिएका छन् । पर्याप्त सिञ्चाई सुविधा भएका ठाउँमा किसानले रोपेको धान पाक्न लागेको थियो । कतिपय किसानले धान बेचेर दशै तिहार मनाउने योजना बनाएका थिए । 'दशै तिहारको त कुरै छोडौ अहिले वर्षरि खाने अन्न समेत छैन', विरीङ खोलाले धानखेत बगाएपछि निराश भएकी झापा घैलाडुब्बा-५ की भीम माया तामाङले भनिन् । उत्पादित धान बेचेर किसानले आफ्ना छोराछोरी समेत पढाउने गरेका थिए ।

No comments:

Post a Comment