शेखर ढकाल
इटहरी, ३१ भदौ
सुनसरीको राजगँजसिनवारीमा मंगलबार राती भारतीय डाकाहरुको प्रतिकार गर्दा दुईजना स्थानीय वासिन्दाको मृत्यु भएको छ।
राती दुइ बजे हतीयार सहित आएका भारतीय डाँकाहरुले गाइ बस्तु लुट्न थालेपछि प्रतिकारमा उत्रिएका स्थानीय ४० बर्षिया चन्द्रदेब यादव र ४६ वर्षिया लालजी सरदराको गोली लागी घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कर्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र ढकालले भारतीय डाकाहरुको प्रतिकारमा अन्य केही गाउले पनि घाइते भएको बताए।
घटनास्थल भारतीय सिमामा भएकालेे बिस्तृत बिवरण आइ नसकेको ढकालले बताए। यसैबीच अहिले घटना स्थलमा प्रही पुगे पनि स्थानीयवासी प्रहरीलाई लखटेका छन्।
शान्ती सुरक्षा कायम गर्न नसकेकेा भन्दै स्थानीयले शसस्त्र प्रहरी सिमा सुरक्षा बलको गाडीमा आगो लगाएपछि त्याहा अहिले तानब रहेको शसस्त्रका एसपी खड्ग राइले बताए।
स्थानीयले घटनाको बिषयमा जिल्लाका प्रहरी प्रमुखले माफी मग्नु पर्ने, र मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनु पर्ने , सुरक्षाको प्रत्याभुति दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
No comments:
Post a Comment