Tuesday, September 15, 2009

संविधानविद अर्याल रहेनन

काठमाडौं, ३१ भदौ
नेपालको अन्तरिम संविधान २०६३ को मस्यौदा समितिका संयोजक लक्ष्मण अर्यालको ७५ वर्षको उमेरमा निधन भएको छ ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश र नेपाल बारको अध्यक्षसमेत भइसकेका अर्यालको मृगौला, मुटु र छातीमा समस्या देखिएपछि विगत एक सातादेखि दिनदेखि आइसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान निधन भएको हो । गत मंगलबार मुटु र किड्नी सम्बन्धी समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार विहान ७ बजे उनको निधन भएको हो ।
१९ दिने जनआन्दोलनपछि तत्कालीन सात राजनीतिक दलको सहमतिमा उनले अन्तरिम संविधान निर्माणको महत्वपूर्ण भूमिका निएका थिए । अर्यालको अन्तरिम संविधानका प्रमुख मस्यौदाकार पनि हुन ।
अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । स्व अर्यालका श्रीमती, तीन छोरी र दुई छोरा छन् ।

No comments:

Post a Comment