Thursday, September 23, 2010

सीमा अतिक्रमण रोक्ने सहमति

सुब्रत न्यौपाने
झापा ७ असोज  

   नेपाल-भारतका सुरक्षा अधिकारी दशगजामा बढ्दै गएको अतिक्रमण रोक्न सहमत भएका छन् । अधिकारीहरुको सीमा व्यवस्थापन तथा संयुक्त समन्वय बैठकले विहीवार सो निर्णय गरेको हो । झापाको विर्तामोडमा भएको बैठकले सीमा अतिक्रमण् तथा दशगजामा भएको अतिक्रमण् नियन्त्रण् गर्ने सहमति गरेको छ ।
   झापाका एक दर्जनबढी स्थानमा सीमा विवाद चर्किएपछि त्यसको समाधानका लागि ठोस् रणनीति बनाएर अघि बढ्न दुबै देशका सरकारी अधिकारीले सहमति जनाएका हुन् । झापाको वाहुनडाँगी मेचीनगर ज्यामिरगढी भद्रपुर महेशपुर पाठामारी गौरीगाज खजुरगाछी लगायतका स्थानमा सीमा विवाद हुँदै आएको छ । 
   कतिपय स्थानमा दुबैतर्फबाट दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् ।  दक्षिणी झापाको पाठामारी-८ का ५० परिवारलाई तत्काल घर छोड्न भारतीय सीमा सुरक्षा वल एसएसवी ले साउनको दोस्रो साता धम्की दिएपछि  विवाद चकिर्एको थियो । पहिले नेपाली जमीनमा बसेका पाठामारी-८ का ५० परिवार २०५३ सालमा गाडिएको नयाँ स्तम्भपछि दशगजा क्षेत्रमा परेका थिए । त्यहाँको दशगजा क्षेत्रमा भारतीयहरु पनि बसेका छन् ।
  हतियारसहित प्रवेश गरेका सुरक्षाकर्मीलॆ स्थानीयका १० वटा कच्ची घर भत्काइदिएपछि नेपाली सुरक्षा अधिकारीको टोलीले त्यसको निरीक्षण गरी अविलम्व समस्या सुल्झाउन भारतीय पक्षलाई आग्रह गरेको थियो । त्यसको दुई महिनापछि दुबै देशका अधिकारीको बैठक बसेको हो ।
   बैठकमा सीमा अतिक्रमण्ँ र सीमा पिलर सम्बन्धमा दुवैबाट एउटा टोली बनाएर निरीण गर्ने सहमति भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले बताए । सीमा क्षेत्रबाट हुने आपराधिक कि्रयाकलाप र तस्करी नियन्त्रणका लागि दुबै देशका सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय पनि भएको छ सहायक प्रजिअ पोखरेलले भने ।
  अवैध हातहतियारको ओसारपोसारमा संलग्नहरुको पहिचानका लागि पनि सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन जरुरी भएको निष्कर्ष बैठकले निकालेको छ । बैठकले सीमाका एउटा स्थानमा अपराध गरी अर्काे स्थानमा आश्रय लिएर बस्नेहरुको खोजीलाई पनि तीव्र पार्ने निर्णय गरेको छ । आउँदो अक्टोवर २१ मा हुने बिहार विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सो दिन ४८ घण्टा ुवोर्डर सिलु गर्न दुवै  सहमत भएका छन् ।
  नेपालका तर्पुबाट बैठकको नेतृत्व झापाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले गरेका थिए । भारतका तर्फबाट विहारको किसनगन्ज जिल्लाका डिष्ट्रिक मेजिस्टेड सन्दिपकुमार आर पुडाकलकट्टी नेतृत्वकर्ताका रुपमा बैठकमा सहभागी थिए । बैठकमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल वरिष्ठ प्रहरी उपरीÔक रविराज श्रेष्ठ प्रहरी उपरीÔक रविन्द्र शर्मा तथा भारतीय पÔबाट पुर्निया जिल्लाका डिभिजन कमिसनर व्रजेश मेहेता डिआइजी अमित कुमार एसपी सी एस आजाद चौरासिया लगायतको सहभागिता थियो ।