राजेन्द्र गौतम
सिमलवाडी - झापा
हेलिकोप्टर चढेर मन्त्री आउने खबर पाएका झापा कुमरखोदका बाढीपीडितको आँखा आकाश हर्ेदाहर्ेर्दै तिर्मिराइसकेका थिए । सामान्य प्रशासन राज्यमन्त्री जितु गौतम शुक्रबार आउने खबरले उनीहरु खुसी बनेका थिए । तर, हेलिकोप्टर चारआलीबाट डाँगीबारीमा अवतरण भएर सिधै जुरोपानी पुगेपछि उनीहरु निराश बनेका हुन् ।
मन्त्री चढेको हेलिकोप्टर टाघनडुब्बाको सिमलबाडी र कुमरखोदको कुवाडीमा अवतरण हुने कार्यक्रम थियो । हेलिकोप्टर जुरोपानी पुगेर र्फकंदा पनि ती दुवै स्थानमा अवतरण भएन । मन्त्री आउने खबर पाएलगत्तै सिमलबाडीमा सशस्त्र प्रहरी टोली पुगेको थियो । कुवाडीमा भने हजारभन्दा बढी विस्थापित आफूहरुलाई भेट्न मन्त्री आउने थाहा पाएपछि पर्खेर बसेका थिए । चारजना सभासद् र झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल समेत चढेको हेलिकोप्टर त्यहाँ अवतरण भएन । जसले बाढीबाट विस्थापन भएकाहरुको मन्त्रीसँग गुनासो पोख्ने अभिलाषा कल्पनामै सीमित बन्यो । कुमरखोद कनकाईको बाढीबाट पूरै क्षति पुगेको गाविस हो । उक्त गाविसका २ र ९ वडाबाहेक सबै वडाबासी कनकाईको कटानबाट पीडित बनेका छन् । सिमलबाडी निमाविमा कुमरखोद-८ का ५३ विस्थापित परिवार आश्रय लिएर बसेका छन् । कुवाडी निमाविमा पनि सोही वडाको सुगाबथानका ५० घरपरिवार आश्रति छन् । गत आइतबार कनकाईको कटानबाट विस्थापित बनेका उनीहरुले छ दिन बितिसक्दा पनि चिउराकै भरमा बाँच्नु परेको गुनासो गरे । सिमलबाडी निमाविमा विस्थापित जीवन बिताइरहेकी ललिता विकले भनिन्, 'हामीलाई थोरै सहयोग भए पनि औषधि र पानीको व्यवस्था छैन ।' ओछ्यान लागेको छोरोतर्फदेखाउँदै उनले भनिन्, 'तीन दिनदेखि झाडापखालाले मेरो छोरो सिकिस्त बनेको छ ।' उनले चिकित्सकको सल्लाहअनुसार चार वषर्ीय छोरा छविलाई औषधि खुवाए पनि निको नभएको बताइन् । उक्त शिविरमा यसअघि नै जिल्ला प्रशासन कार्यालय झापाले एक सय केजी चिउरा, एक सय प्याकेट चाउचाउ र ५० केजी चिनी वितरण गरिसकेको छ ।
कुवाडीदेवीमा बस्दै आएकी विस्थापित लीला थापाले जीवन कष्टकर बन्दै गएको सुनाइन् । 'स्कूलका दर्ुइवटा कोठाबाहेक सबै पानीले डुबेका थिए, सबैमा चिसो छ', उनले भनिन्, 'अर्को व्यवस्था नभए हामीलाई बाँच्न गाह्रो छ ।' विस्थापित सबैको एउटै भनाइ छ, 'सबै सम्पत्ति सकियो दयनीय अवस्थामा बाँचिरहेका छौँ ।' उनीहरुले भने, 'समस्या समाधानको दर्ीघकालीन उपाय खोजिनु हामीलाई सुरक्षित राख्ने एउटा मात्र विकल्प हो ।' विस्थापितहरुले मन्त्री चढेको हेलिकोप्टर टाउको माथिबाट ओहोर-दोहोर गरेर आफूहरुलाई उपेक्षा गरेको बताए । हेलिकोप्टर उडाउने पैसा आफूहरुका लागि खर्च गरिनुपर्ने उनीहरुको माग छ ।
झापाका प्रजिअ दाहालले विस्थापितका विषयमा राज्य गम्भीर रहेको बताउँदै 'लोकेसन'का कारण हेलिकोप्टर अवतरण गर्न नसकेको बताए । 'एउटा विद्यालयको प्राङ्गणमा हेलिकोप्टर अवतरण गर्न खोजेका थियौँ', उनले भने, 'पीडितलाई पनि देखिएन, पीडितलाई भेट्न खोजेको हो सम्भव भएन ।'
पानी र बिजुलीको सुविधाबाट बञ्चित बाढीपीडितलाई भेट्न पुगेका काङ्ग्रेस नेता देउमान थेवेले ट्युब वेल गाढ्न र बत्तीको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले त्यसको खर्च आफ्नो तर्फाट व्यहोर्ने समेत प्रतिबद्धता व्यक्त गरे । यद्यपि उनीहरुको वास्तविक समस्या भने यी आश्वासनले पूरा हुँदैन । राज्यले विस्थापितको लागि तत्काल उपयुक्त समाधान खोज्नु वाञ्छनीय छ ।
No comments:
Post a Comment