Monday, August 17, 2009

डाँकाको प्रतिकारमा एकको मृत्यु

झापा १ भदौ ।
डाकासँगको प्रतिकारमा गएराति झापाको मेचीनगर २ मा एक जनाको ज्यान गएको छ । राति ११ बजे डाँकाको गोली प्रहारबाट स्थानीय रामबहादुर दाहालको ज्यान गएको हो । उनको घाँटीमा गोली लागेको इलाका प्रहरी कार्यालय, काँकडभिट्टाले जनाएको छ । स्थानीय आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । सात/आठजनाको सशस्त्र नकावधारी समूहले छिमेकी शेरबहादुर डाँगीको घरमा लुटपाट गरी दाहालको घरमा लुटपाट गर्न खोज्दा उनले प्रतिकार गरेका थिए । प्रहरीका अनुसार डाँगीको घरबाट डाकाहरुले सुन, चाँदी, क्यामरा, मोबाइल र नगद गरी एक लाखबराबरको सम्पत्ति लुटेका छन् ।
घटनामा संलग्न रहेको आशङ्कामा राति नै पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment