Monday, August 17, 2009

पेस्तोलसहित तुफान पक्राउ

विर्तामोड, 2 भदौ
झापाको विर्तामोडबाट प्रहरीले एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा चकचकी-८ का २२ वषर्ीय तुफान आलम मिया छन् ।
उनलाई सादा पोसाकमा खटिएका प्रहरीले क्रिस्ट बैङ्क नजिकबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनले विर्तामोडका केही व्यापारी र विभिन्न डिलरका सञ्चालकहरुसँग २० लाखदेखि ५० लाखसम्म रकम माग गरेको प्रहरी समक्ष स्वीकारेको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले जानकारी दिए । मिया शङ्कास्पद गतिविधिमा संलग्न हुनसक्ने भएकाले आइतबार अनुसन्धानका लागि घटना र्सार्वजनिक नगरिएको प्रनि रिजालले बताए ।

No comments:

Post a Comment