Thursday, August 20, 2009

औलो ओरालोतिर

विर्तामोड, 4 भदौ ।
तीन वर्षता झापामा औलोबाट मर्नेको सङ्ख्या शून्य रहेको छ । झापामा औलो नियन्त्रण प्रयास प्रभावकारी बन्दै गएपछि औलोबाट मर्नेको सङ्ख्या घटेको हो ।
झापामा हालसम्म औलोबाट तेह्रजनाको मृत्यु भइसकेको छ । अघिल्लो वर्षएक हजार ६७ जनालाई औलो लागेकोमा यो वर्ष दर्ुइ सय जनामा मात्र यो रोगको सङ्क्रमण देखिएको छ । प्रभावित क्षेत्रमा विषादी युक्त झुल वितरण गर्न थालेपछि औलो नियन्त्रणमा टेवा पुगेको झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक नवराज सुब्बाले बताए । झापाका बाहुनडाँगी, मेचीनगर, बुधबारे, शान्तिनगरलगायतका गाविस औलो प्रभावित क्षेत्र हुन् ।
विभाग प्रमुख बेखबर
झापाका कीटजन्य रोग नियन्त्रक वेदप्रसाद घिमिरेले हरेक भदौ ४ गते मनाइने औलो नियन्त्रण दिवसबारे आफूलाई थाहा नभएको बताएका छन् । 'मलाई थाहै छैन', उनले प्रतिदिनसँग भने, 'कहीँबाट केही आएको पनि छैन ।' उनले आफूलाई विश्व औलो दिवसको बारेमा मात्र थाहा भएको बताएका थिए । यो २५ अप्रिलमा पर्छ । तर, नेपालमा वर्षोनि भदौ ४ गते औलो नियन्त्रण दिवस मनाइन्छ । झापा नेपालमै औलो रोगी धेरै भएको जिल्ला हो ।

No comments:

Post a Comment